दफा १७
बैङ्क जमानत सुविधा प्राप्त गर्दा पालन गर्नु पर्ने शर्त
(१) प्रचलित कानून बमोजिम बण्डेड वेयरहाउसको; सुविधा प्राप्त उद्योगले आफ्नो उत्पादन निकासी गर्दा प्रतीतपत्र वा प्रचलित बैड्रिक्व कागजातको माध्यमबाट गर्नु पर्नेछ।
(२) नियम १६ को उपनियम: (१) बमोजिम बैङ्क जमानत सुविधा प्राप्त गर्ने उधोगले कच्चापदार्थ पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी वस्तु बनाई निकासी गरी सक्नुपर्ने वा परिवर्त्य विदेशी मुद्रामा स्वदेशमा बिक्री गरी सक्नु पर्नेछ। बैङ्क जमानत सुविधा प्राप्त गरी धागो पैठारी गर्ने कपडा उद्योगले पैठारी गरेको धागोबाट कपडा बनाई पैठारी गरेको मितिले एघार महिनाभित्र तयारी पोशाक उच्चयोगलाई बिक्री गरी सक्नु पर्नेछ।
(३) नियम १६ बमोजिम पैठारी भएको कच्चापदार्थबाट तयारी वस्तु बनाई निकासी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्यको न्यूनतम दश प्रतिशत मूल्य अभिवृद्धि भएको हुनु पर्नेछ।
(४) उपनियम (३) बमोजिमको मूल्य अभिवृद्धिको प्रतिशत /गणना गर्दा निकासी भएको वस्तुको फ्री अन बोर्ड (एफ.ओ.नी.) मूल्यबाट त्यस्तो वस्तु उत्पादन गर्न प्रयोग भएकी नियम १६ बमोजिम वस्तु पैठारी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्य घटाई हुन आउने अङ्कलाई त्यस्तो वस्तु उत्पादन गर्न प्रयोग भएको वस्तु पैठारी गर्दा भन्सार कार्यालयले कायम गरेको मूल्यले भाग गर्दा आउने अङ्कलाई एक सयले गुणा गरी निकालिनेछ।
(५) बण्डेड वेयरहाउसको सुविधा प्राप्त उद्योगले करमुक्त पसलबाट बिक्री गर्नका लागि पैठारी: गरेको वस्तु पैठारी गरेको मितिले एक वर्षभित्र करमुक्त पसलबाट बिक्री गरिसक्नु पर्नेछ। त्यसरी एक वर्षभित्र करमुक्त पसलबाट त्यस्तो वस्तु बिक्री नभएमा ऐनको दफा १४ को उपदफा (६) बमोजिम महसुल असुल गरिनेछ ।